बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको नि’धन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ । स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको नि’धन भएको जनाइएको हो । झडपममा घा’इते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।
बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आ’क्रमण गरेको हो । दुई छोराहरू दिवस र दिपेश नेपाल घा’इते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
यो पनि-श्रीमतीले सम्बन्धविच्छेदको लागि निवेदन दिएपछि एक व्यक्तिले पाँच बच्चासहित सात जनाको परिवारको गोली हा’नी ह”त्यापछि आत्मह”त्या गरका छन् । एनोक शहरको सानो उटाह बस्तीमा पुलिसले आठ जनाको श”व फेला पारेका थिए । मा’रिनेमध्य एक चारवर्षीय बालक पनि थिए । मारिने सबैलाई गो’ली प्र”हार भएको प्रह’रीले जनाएको छ । ‘संदिग्ध व्यक्तिले घरमा अन्य सात जनालाई मारेर आफ्नो ज्या’न लिएको थियो,’ सहरको एक विज्ञप्तिमा भनिएको छ ।
आ’क्रमणकारी ४२ वर्षीय माइकल हाइट रहेको जनाइएको छ । मृ’त्यु हुनेमा उनकी श्रीमती, सासु, र दम्पतीका पाँच सन्तान छन् । सन्तानहरुमा चार देखि १७ वर्षका तीन छोरी र दुई छोरा थिए । एनोक मेयर जेफ्री चेस्नटले स्पष्ट रूपमा वैवाहिक विच्छेदपछि गो’लीबारी भएको बताए । प्र’हरीले घ’टनाबारे थप अनुसन्धान गरिरहेको छ ।- एजेन्सी