गृह मन्त्री रवि लामिछाने पहिलो पटक संसद भवनमा गर्जिए , नेता सबै हेरेको हेरै ( भिडियो हेर्नुहोस )


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम नागरिकका अपेक्षा पूरा गर्न आफूहरू सरकारमा गएको बताएका छन्। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै दुई ठूला दलका शीर्ष नेताहरूले प्रतिबद्धता जनाएपछि काम गर्न आफूहरू सरकारमा गएको उल्लेख गरेका छन्। ‘सरकारमा सहभागी हुने निर्णय गर्दा दुई ठूला दलका शीर्ष नेताका प्रतिबद्धताबाट हामी हौसिएका छौं,’ उनले भने, ‘दवाव र प्रभावमा नपरी काम गर्न प्रतिबद्ध र कटिबद्ध छौं।’

आम नागरिकका अपेक्षा, माया र विश्वासका कारण आफूहरू संसदमा आइपुगेको उनले बताए। काम गर्ने क्रममा कहीँकतै गल्ती भएमा पदमा नबस्ने उनको भनाइ थियो। ‘हामी कहीँकतै चुक्यौं भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं,’ उनले भने, ‘यसमा सत्ता साझेदार दलहरू निर्धक्क रहनुहोला।’ उनले जनतासँग गरिएका बाचा पूरा गर्न लाग्ने पनि बताए। संसद र यो सरकारको कार्यकाल सफल हुनेमा आफू विश्वस्त रहेको लामिछानेले बताए।

उनले आफूहरू संसदमा आउनुमा जनताको आशा रहेको बताए। केहीले निराशाको मत मत पाएको भन्ने गरेको उल्लेख गर्दै उनले त्यो मत जनताको आशाको मत भएको बताए। आफ्ना सांसदहरूबाट कुनै पनि किसिमको गल्ती नहुने उनले बताएका थिए। साथै उनले भ्रष्टाचारका फाइल खोलिने पनि बताएका छन्। गृह मन्त्री रवि लामिछाने पहिलो पटक संसद भवनमा गर्जिए , नेता सबै हेरेको हेरै।
https://youtu.be/-21JZS5-L4k
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका हुन्। उपप्रधान एवं गृहमन्त्रीसमेतर हेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पारे।

उनले भने, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिएको आशाको मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो । उनले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भने, “नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन् ।

नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताए। नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक–पटक व्यक्त गर्नुभएकोसमेत स्मरण गरे। उनले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उनको जोड थियो ।