नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन्। बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको विकास र सुशासनका लागि आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भएपनि आफूहरुको भूमिका संसदमा चनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारे।
विश्वासको मत दिएपछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गरे। त्यस्तै उनले संसद विघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन:आशंका जन्माएकाले यस बारेमा आफूले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेको बताए । अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने ,संविधान,राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई विदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफूहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राखे।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।
यो पनि- भरतपुर महानगरपालिका २९ जुगेडी लमजुङे टोलमा एक दम्पती मृ’त भेटिएका छन् । मंगलबार बिहान प्र’हरीलाई खबर प्राप्त भएपछि घ’टनास्थलमा गएर हेर्दा श्रीमान् घरको बेलामा पासो लगाएर झु”न्डिएको अवस्थामा र श्रीमती घरको आँगनको मृ’त भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी नरहरि अधिकारीले बताए । मृ’त्यु हुनेमा भरतपुर २९ का २२ वर्षका प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षकी शान्ति भन्ने बुद्धिमाया राना मगर रहेको डीएसपी अधिकारीले जानकारी दिए ।
बुद्धिमायाको टाउकोमा चो”ट देखिएको अधिकारीले बताए । घ”टनाका प्रारम्भिक अनुसन्धान गर्दा श्रीमानले श्रीमतीको ह”त्यापश्चात आफूले आत्मह”त्या गरेको बुझिएको छ । उनीहरूका एक जना छोरा पनि रहेका छन् । छोरा आफन्तकोमा गएका बेला घटना घ”टेको बताइएको छ ।