झन्डै ४ करोड जितेर इतिहास रचेका पब्जी खेलाडीलाई सरकारले दिएन बधाई , पब्जी विश्वकपमा दोस्रो भयो नेपाल ( भिडियो हेर्नुहोस )


नेपालको व्यावसायिक पब्जी टोली ‘डिआरएस’ गेमिङ पब्जीको विश्वकप पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप‍- २०२२ मा दोस्रो भएको छ। इन्डोनेसियामा आइतबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धामा डिआरएसले द‍ोस्रो स्थान हात पारेको हो। प्रतियोगितामा टर्कीको ‘एस२जी इस्पोर्ट्स’ प्रथम भयो। दोस्रो भएको डिआरएसले कुल २ लाख ९२ हजार डलर (३ करोड ८६ लाख रूपैयाँ) पुरस्कार पाएको छ।

टर्कीको ‘एस२जी इस्पोर्ट्स’ ले विजेता हुँदै ५ लाख १० हजार डलर प्राप्त गरेको छ। यसअघि डिआरएसले गत महिना च्याम्पियनसिपको फाइनल चरणका लागि स्थान बनाएको थियो। डिआरएसको टिममा दीपेश गुरुङ, साहस भण्डारी, सुविन प्रजापति र समीर गुरुङ छन्। टिमका सिइओ भिक्टर पौडेल हुन्। यो प्रतियोगितामा नेपालको अर्को टोली ‘ट्रेन टु किल ले पनि सहभागिता जनाएको थियो। ट्रेन टु किल तेह्रौं हुँदै १ लाख ३२ हजार डलर पुरस्कार पाएको छ। ट्रेन टु किलले पनि यसअघि छनोटबाट अन्तिम चरणमा स्थान बनाएको थियो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
https://youtu.be/QI2iCCPPoiI

यो पनि-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारेका छन्। बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको कार्यान्वयनका साथै मुलुकको विकास र सुशासनका लागि आफूहरुले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको भएपनि आफूहरुको भूमिका संसदमा चनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पारे।

विश्वासको मत दिएपछि सत्तापक्ष नै हुने भन्ने गलत व्याख्या भएको भन्दै अध्यक्ष नेपालले विश्वासको मत दिएर प्रतिपक्षीमा बसेको अनुभव २०५१ सालमा नै रहेको जिकिर गरे। त्यस्तै उनले संसद विघटनको चर्चा संसदमा पनि सुनिन थालेको र यसले जनतामा पुन:आशंका जन्माएकाले यस बारेमा आफूले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेको बताए ।

अध्यक्ष नेपालले देश सञ्चालनको नेतृत्वमा बसेका व्यक्तिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने ,संविधान,राष्ट्रियताको रक्षा गर्नुपर्ने र देशलाई विदेशीको क्रिडास्थल बनाउनबाट रोक्नुपर्ने भन्दै आफूहरुले पनि सरकारलाई सही बाटो देखाउने धारणा राखे। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भएका नेताहरुलाई सम्मान गरिएको थियो ।