खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृ’त्यु


श्रीमान्को लात्ती प्र’हारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृ’त्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृ’त्यु भएको हो । मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्र’हरीले जनाएको छ । खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्र’हार गरेका थिए ।

प्रमिलाको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए । घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्र’हार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए ।

यो पनि-गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद् लक्ष्मी महतो कुइरीलाई प”क्राउ गर्न निर्देशन दिएका छन्। लामिछानेले एमालेबाट निर्वाचित फौजदारी मुद्दाका आ”रोपी सांसद महतोलाई प”क्राउ गर्न प्र”हरीलाई निर्देशन दिएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री लामिछानेले महतोलाई प”क्राउ गर्न निर्देशन दिएको बताए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसद महतो संसदमा आएको बताउँदै उनीमाथिको आ”रोपको विषय के हुन्छ भन्ने प्रश्न गर्दा गृहमन्त्री लामिछानेले भने, ‘मैले संसदमा देखिँन। पछि जानकारी पाएँ। जानकारी पाए लगत्तै मैले आईजीपीलाई फोन गरेर प’क्राउ गर्न निर्देशन दिइसकेको छु। महतो एमालेबाट निर्वाचित सांसद् हुन्। उनले महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार विश्वासको मत दिएका थिए।