असाधारण विश्वासको मत पाएको यो सरकार पूर्णकाल चल्छ : गृहमन्त्री


उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकार पूर्णकालिन समय चल्ने बताएका छन् । उनले अधिकांश दलको विश्वास पाएको सरकारले पूरा अवधि काम गर्ने दावी गरेका छन् ।आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका लामिछानेले भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारको आयु विश्वासको मतले नै प्रष्ट पारेको बताए । ‘यो सरकार पूर्णकाल चल्छ ,’उनले भने,‘यति धेरै विश्वासको मत पाएपछि सरकारको गति अल्मलिने कुरा हुँदैन ।’

उनले आदेश नभई कानुनको पालना गर्न सुरक्षा अधिकारीलाई आग्रह गरे । गृहमन्त्री लामिछानेले प्रहरीको फरार सूचीमा रहेका एमालेका सांसद महोत्तरीका लक्ष्मी महतो कोइरी संसदमा उपस्थित भएको आफूले नदेखेको बताए । आफूले थाहा पाएपछि प्रहरीलाई पक्राउ गर्न भनेको उनको भनाइ छ। सबै सांसदलाई देख्ने वित्तिकै चिन्न पनि गाह्रो हुन्छ । भोटिङको माहोल पनि त्यस्तै थियो । मैले थाहा पाउने वित्तिकै प्रहरी प्रमुखलाई भनिसकेको छु ।’ लामिछानेले भने,‘यो प्रक्रियामा गइसकेको छ ।

उनले भने,‘सरकारमा सहभागी या विश्वासको मत दिँदैमा कानुनको पालना हुने हो र?’ उप्रधानमन्त्री धेरै हुँदा राज्यलाई भार नपर्ने बताए । बरियता मिलाएर बनाइएको भएपनि त्यसले राज्यलाई असर गर्ने बताए । उपप्रधानमन्त्री हुँदै नभए पनि फरक पर्ने विषय होइन । तर,धेरै हुँदा त्यसले राज्यलाई थप भार पार्ने होइन । राजनैतिक कुरा थप सम्मान बाहेक केही होइन , ’उनले भने ,‘सरसल्लाह गर्दा पहिला उपप्रधान भइसकेका साथीहरुका लागि मिलाउँदा गरिएको हो । अझै पनि मेरो नामको अगाडिको उपप्रधान हटाउँदा केही फरक पर्दैन । ’

क्रसर उद्योगलाई कानुनी दायरामा ल्याउन खोजेको उनको भनाइ छ। ‘सरकारले एकोहोरो मात्र कुरा गर्ने बताउँदै छलफलका लागि व्यवसायीलाई आह्वान गरेको छ, ‘कानुनको दायरामा आउँदिन भन्न पाइँदैन ,’उनले भने ,‘मापदण्डमा आउनका लागि छलफल गरेर समय दिएर समाधानका लागि सरकार सकारात्मक छ । ’

यो पनि-जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बीच पार्टी एकता गर्न पहिलो चरणमा औपचारिक छलफल हुन लागेको छ। दुवै पार्टीको कार्यदलबीच आज मध्यान्ह १२ बजे सिंहदरबारमा छलफल हुन लागेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। जसपा र एसले एकताको पहलका लागि कार्यदल गठन गरेका छन्।

जसपाको तर्फबाट वार्ता समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा (एस) को तर्फबाट बेदुराम भुषाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् । जसपाले समाजवादी पार्टीसँग एकता गर्ने बताउँदै आएको छ भने एसले वाम एकता गर्न वार्ता समिति बनाएको हो। दुई पार्टीमा वैचारिक र सैद्धान्तिक विषयको मिलनविन्दु खोज्न कार्यदललाई हम्मेहम्मे पर्ने नेताहरुले बताएका छन्।

गत मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि जसपा र माओवादीसँग एकताका लागि एस कार्यदल बनाएको हो। जसपाले संसदमा १२ सिट र एसले १० सिट जितेको छ।