नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरज”स्ती क”रणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।
दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भइसकेको छ । अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्ने छैन । इजलासबाट सुनुवाइ हेर्न नभ्याइएको खण्डमा फेरी पनि पेसी स्थगित हुन सक्छ । सन्दीपविरुद्ध जिल्ला अदालतमा जबरज”स्तीकरणीको मुद्दा चलिरहेको छ । गएको कात्तिक १८ गते उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
यो पनि-प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं सांसद शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २६ गते विश्वासको मत दिएकोबारे नयाँ रहस्य खोलेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताएका हुन् । उनले राष्ट्रपति वा उपराष्ट्रपति पाइन्छ भन्ने ग्यारेन्टी नभएको तर, मतकोअ आशा भने राखेको बताए । तैपनि उनको घुमाउरो बोलीअनुसार प्रधानमन्त्री प्रचण्डसँग केही सम्झौता भएरै विश्वासको मत भने दिइएको छनक पाइन्थ्यो ।
उनले पत्रकारहरुसँग भनेका छन्, ‘सभामुख उपुभामुखको मात्र कुरा छैन, अरु निर्वाचनहरु पनि बाँकी छ । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं । तर, नेपाली कांग्रेस सत्तामा नभई प्रतिपक्षमा नै बस्ने उनले बताएका छन् । र, प्रतिपक्षमा बसेर सरकारको खबरदारी गर्ने पनि उनले बताए ।