प्रदेश नम्बर १ सरकारको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ३ जना मन्त्री थपेका हुन् । यसअघि ४ मन्त्री रहेकामा ३ मन्त्री थपेर ७ सदस्यीय मन्त्रिमण्ड बनाएका हुन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट तेह्रथुम प्रदेश– २ का सांसद दुर्गाप्रसाद चापागाईँ र मोरङका जीवन आचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
त्यस्तै एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री बनेका आचार्य भने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् । उता राज भण्डारी भने सोलुखुम्बुबाट प्रदेश सभा सदस्य हुन् । मख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिँदैछन् । जसका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।
९३ सदस्सीय प्रदेसभामा मुख्यमन्त्री कार्कीलाई ६० सांसदको समर्थन छ । उनले विश्वासको मत पाउनका लागि कम्तिमा ४७ सांसदको समर्थन चाहिन्छ ।
यो पनि-मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मन्त्रालय भागवण्डाका लागि बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए । मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् ।
अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल सङ्घीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् । यहाँ माओवादीका नौ सांसद भए पनि दुई जनाको शपथ रोकिएको छ । लोसपाबाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैन ।