बढ्यो सुनको मूल्य , हेर्नुहोस कति पुग्यो तोलाको मुल्य


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला रु पाँच सयले बढेर रु एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला रु एक लाख तीन हजार चार सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार चार सय पुगेकामा अघिल्लो दिन रू एक लाख दुई हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटी रु एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यो पनि-प्रदेश नम्बर १ सरकारको मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार बिहान ३ जना मन्त्री थपेका हुन् । यसअघि ४ मन्त्री रहेकामा ३ मन्त्री थपेर ७ सदस्यीय मन्त्रिमण्ड बनाएका हुन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट तेह्रथुम प्रदेश– २ का सांसद दुर्गाप्रसाद चापागाईँ र मोरङका जीवन आचार्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यस्तै एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री बनेका आचार्य भने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् । उता राज भण्डारी भने सोलुखुम्बुबाट प्रदेश सभा सदस्य हुन् । मख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिँदैछन् । जसका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

९३ सदस्सीय प्रदेसभामा मुख्यमन्त्री कार्कीलाई ६० सांसदको समर्थन छ । उनले विश्वासको मत पाउनका लागि कम्तिमा ४७ सांसदको समर्थन चाहिन्छ ।