काठमाडौका विभिन्न स्थानबाट टिकटकमा जुवा खेलाइरहेकाहरु रंगेहात प’क्राउ


काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना–साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो । रमाइलोका लागि त्यस्ता भिडियो राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेको पाइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपत्यकाभित्र केही व्यक्तिले ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आयो । उक्त सूचनाका आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी थाल्यो । प्र’हरीको अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्र’हरी उपरीक्षक कृष्णप्रसाद कोइराला बताउँछन्।

प्र’हरीले जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरेर कारबाही थालेको छ ।

यो पनि- आज दुई प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् । प्रदेश – का १ मुख्यमन्त्री हिक्मत कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री कार्कीले दिउँसो १ बजे विश्वासको मत लिनेछन् । उनी नेकपा माओवादी केन्द्रसहित ६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जबकी प्रदेश – १ मा ९३ सांसद छन् । उनलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ ।

यसअघि माओवादी केन्द्रले केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउदै सरकारमा सहभागी नहुने जनाएको थियो । तर बिहीबार केन्द्रको निर्देशनपछि सरकारमा सहभागी हुने जनाएको छ । त्यसअर्थमा माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछ । त्यस्तैगरी प्रदेश – १ सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि आज ३ बजे विश्वासको मत लिने तयारीमा छन् । अधिकारी गत पुस २५ गते ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा ६० जना सांसद छन् । सो अवस्थामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ । उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन छ ।