रविका चालकलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

मेचीकाली खबर
मेचीकाली खबर
५ बैशाख २०८०, मंगलबार
शेयर

घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो । 

उनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको थियो । करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको हो । 

हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख छ । विरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकको सल्लाहमा हेलिकप्टर मार्फत मेडिसिटी ल्याइएको जनाइएको छ  ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।