२० लाख धरौटी बुझाएर सन्दीप लामिछाने थुनामुक्त


राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका छन्। लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लामिछाने थुनामुक्त भएको पुष्टि गरे। उच्च अदालत पाटनले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको थियो।

लामिछानेलाई विदेश जान रोक लगाइएको छ। काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बला”त्कार गरेको भन्दै एक १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नका लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि गत असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

यो पनि-पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक संकटमा परेका व्यवसायीलाई सरकारले सहुलियत दिनपुर्ने बताएका छन्। वालिङ् उद्योग वाणिज्य संघ तथा ऋण उपभोक्ता समस्या सहजीकरण समिति स्याङ्जाले आयोजना गरेको नेपालको अर्थतन्त्र बैंक तथा बित्तिय संस्था र उद्योगीबीचको अन्तर्क्रियामा खतिवडाले अर्थतन्त्र सुधार्न सरकारले सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘ऋणको पुनर्ताजगीकरण, पुनसंरचना र कर्जा निस्क्रिय हुदाँ राख्नुपर्ने ब्याजमा राष्ट्रबैंकले सहुलियत गर्नुपर्छ।

अर्थ मन्त्रालयले सहजीकरण गर्दै सरकारले जिल्लाबाट जग्गा वर्गीकरणको समस्या हल गर्दै जाने हो भने केही समस्या समाधान हुनसक्छ। आर्थिक मन्दीका बेला बैंक सञ्चालकले खर्चमा कटौती गर्नुपर्ने उनले बताए। ‘बैंक तथा बित्तिय संस्थाले अस्वाभाविक नाफा नकमाउनुहोस्, ब्याजदर ४ प्रतिशतमा सीमित राख्दा ८/९ प्रतिशत निक्षेप गर्दा १२ प्रतिशत भन्दा बढी बैंकको ब्याजदर हुदैन।’ डा. खतिवडाले भने, ‘तोकेको भन्दा बढी रकम लिने बैंकलाई राष्ट्र बैंकले कारवाही गर्नुपर्छ। २ अंकको नजिकमा लगानीको ब्याजदर र निक्षेपको ब्याजदर केही घटाएमा लगानीकर्तामा राहत पुग्छ। ’