काठमाडौंको नयाँबसपार्कमा कन्टेनरको ठ’क्करबाट स्कुटर चालकको मृ’त्यु


काठमाडौंको नयाँबसपार्कमा कन्टेनरको ठ”क्करबाट स्कुटर चालकको मृ”त्यु भएको छ। मृ”त्यु हुनेमा गोरखा घर भएकी ३७ वर्षीया रमा मरह्ठ्ठा रहेकी छिन्। दु”र्घटनामा ग”म्भीर घा”इते भएकी रमाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृ”त्यु भएको हो। नयाँबसपार्कबाट गोंगबुतर्फ जाँदै गरेको ना ८ ख ७५०६ नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००७ प ३५९९ नम्बरको स्कुटरलाई आज दिउँसो साढे १२ बजे ठ”क्कर दिएको थियो।

दुवै सवारी साधनसहित कन्टेनर चालकलाई प्रहरी प्रभाग नयाँसपार्कले नियन्त्रणमा लिएको छ। यस्तै-रिब्दीकोट गाउँपालिका पाल्पामा आमालाई काट्ने भनि धम्की’ दिने छोरा प’क्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई का”ट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी प”क्राउ परेका हुन् । दर्लामीले आमा चित्रलाई पुस २६ गते अश्लील गाली गलौज गर्नुको साथै तरवारले अचानोमा राखी काट्ने भनि तरवार निकाली धम्की दिएका थिए ।

आमा माथि अभद्र व्यवहार गरेको सूचना प्राप्त हुन साथ प्रहरी चौकी हार्थोकबाट खटेको प्रहरी टोलीले वारदात स्थानबाट उनी सहित उनको साथबाट तरवार तथा काठाको अचानो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार अहिले छोरा हिरालाई नियन्त्रणमा लिई हिरासतमा रखेर थप अनुसन्धान थालिएको छ ।