डडेलधुरामा एक बालकको श’व खाल्डोमा गाडेको अवस्थामा फेला


डडेलधुरामा एक बालकको श”व खाल्डोमा गा’डेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको श”व शनिबार खाल्डोमा गाडिएको अवस्थामा श”व भेटिएको हो । घर नजिकै खाल्डोमा पु”रिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए ।

उनका अनुसार घ”टनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ । मृ”तक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पु’रिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए । घ’टनाबारे प्र’हरीले थप अनुसन्धान थालेको छ ।

यो पनि-अवैध रूपमा फ्रान्सको विदेशी टापु ला रियुनियनमा समुद्री मार्गबाट बसाइँ सर्ने प्रयास गरिरहेका ४६ श्रीलङ्कालीलाई प’क्राउ परेका छन् । त्यहाँको नौसेनाले शनिबार सोबारे तथ्याङ्क सार्वजनिक गरेको छ। नौसेनाले विज्ञप्ति जारी गर्दै ती आप्रवासीहरू गत वर्ष डिसेम्बरमा कोलम्बोबाहिरको तटीय शहर नेगोम्बोबाट माछा मार्ने ट्रलरमा सवार थिए ।

शुक्रबार राति प’क्राउ परेका समूहमा माछा मार्ने जहाजका चालक दलका सदस्य, दुई महिला र एक बालकसहित ४३ जना पुरुष रहेको र उनीहरुलाई थप अनुसन्धानका लागि अपराध अनुसन्धान विभागमा बुझाइने नौसेनाले जनाएको छ ।