रुकुम पश्चिम — मुसीकोट नगरपालिका–८,की एक महिला १७ दिनदेखि बेपत्ता भएकी छिन् । घोर्खानीकी २१ वर्षीया दिलमाया मगर ४ वर्षीया छोरीसहित सम्पर्कविहीन भएको उनका श्रीमान् आशिष पुनले बताए । पुस १३ गते बिहान बजार जान्छु भनेर घरबाट निस्किएकी उनी त्यसपछि सम्पर्कविहीन भएको पुनले बताएका छन् । श्रीमती हराएपछि आफूले छर–छिमेक र आफन्तकोमा खोजी गर्दा नभेटेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।
‘घरमा भएको केही पैसा र कागजात अनि कपडासमेत लिएर छोरीसहित उनी गायब भइन,’ श्रीमान् पुनले भने, ‘त्यो दिन म घरमा थिइना । बा–आमालाई बजार जान्छु भनेर गएकी उनी अहिलेसम्म सम्पर्कमा छैनन् । जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले परिवारको उजुरीका आधारमा दिलमायाको खोजी कार्य जारी रहेको बताएका छन् ।
यो पनि-डडेलधुरामा एक बालकको श”व खाल्डोमा गा”डेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव शनिबार खाल्डोमा गाडिएको अवस्थामा श”व भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको श”व उत्खनन गरेर निकालिइएको जिल्ला प्र”हरी कार्यालयका प्र”हरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए ।
उनका अनुसार घ”टनाको अनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ । मृ”तक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पु”रिएको अवस्थामा फेला परेको प्र”हरी निरीक्षक नायकले बताए । घ”टनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।