पोखरामा यति एयरलाइन्सको जहाज दु’र्घटना


काठमाडौंबाट पोखरा गएको विमान पोखरामा दु”र्घटना भएको छ। यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दु”र्घटनामा परेको हो। पुरानो विमानस्थलनजिकै सिताराम हाउजिङमा विमान दु”र्घटना भएको हो। दु”र्घटनास्थलमा अहिले धुँवाको मुस्लो देखिएको छ। दु”र्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

यस्तै-कर्णाली प्रदेशसभामा आज सभामुखका लागि निर्वाचन हुँने भएको छ । सभामुखको निर्वाचन बिहान ११ बजेबाट हुने जनाइएको छ । मुख्यगरी कर्णाली प्रदेशसभाको सभामुखका लागि नेकपा एमाले र नेपाली काँग्रेसबाट एक एक जनाको उम्मेदवारी परेको छ । एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेल सभामुखमा उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सत्ता साझेदार दलहरुको सझदारी अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादीको भागमा परेको छ । त्यस्तै एमालेले सभामुख पाउने समझदारी भएको छ । कर्णालीमा सत्ता पक्षको २५ सांसद छन् । जसमा गुरुङको एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। उता काँग्रेस पक्षमा भने १४ मत रहेको भने एक स्वतन्त्र रहेका छन् । यदी स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले काँग्रेसलाई नै मत दिएपनि परिणाममा त्यति फरक पर्ने अवस्था छैन ।