काठमाडौंबाट पोखराका लागि उडेको दुर्घटनामा परेको यती एयरको जहाजमा रहेका यात्रुहरुको नामावली सार्वजनिक गरेको छ । दुर्घटनामा अहिलेसम्म ३० जनाको शव फेला परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी. का अनुसार अहिलेसम्म ३० जनाको शव भेटिएको छ । यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । तीमध्ये १० जना विदेशी यात्रु थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार ३० जनाको शव अहिलेसम्म फेलापरेको छ ।
कर्णाली प्रदेशसभामा आज सभामुखका लागि निर्वाचन हुँने भएको छ । सभामुखको निर्वाचन बिहान ११ बजेबाट हुने जनाइएको छ । मुख्यगरी कर्णाली प्रदेशसभाको सभामुखका लागि नेकपा एमाले र नेपाली काँग्रेसबाट एक एक जनाको उम्मेदवारी परेको छ । एमालेबाट सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेल सभामुखमा उम्मेदवारी परेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सत्ता साझेदार दलहरुको सझदारी अनुसार कर्णालीमा मुख्यमन्त्री माओवादीको भागमा परेको छ । त्यस्तै एमालेले सभामुख पाउने समझदारी भएको छ । कर्णालीमा सत्ता पक्षको २५ सांसद छन् । जसमा गुरुङको एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत रहेको छ। उता काँग्रेस पक्षमा भने १४ मत रहेको भने एक स्वतन्त्र रहेका छन् । यदी स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले काँग्रेसलाई नै मत दिएपनि परिणाममा त्यति फरक पर्ने अवस्था छैन ।