दु’र्घटनाग्रस्त जहाजमा लागेको आगो निभाइयो, ३२ श’व लगियो गण्डकी अस्पतालमा


पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान १०:३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज ११ बजे दुर्घ”टनामा परेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। दु”र्घटनापछि जहाजमा लागेको आगो नियन्त्रणमा लिइसकेको उनले बताए।

यस्तै अहिलेसम्म कोही पनि जीवित भेटिएका छैनन्। दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिसकेको केसीले बताए। ती शवलाई गण्डकी अस्पतालमा लगिएको छ। यतिको विमान दुर्घटनामा परेका यात्रुहरु –
किसान आचार्य , निशान्त आचार्य , शालिगराम आचार्य , सडकात अलिमिया , पूर्ण बहादुर गुरुङ , जितेन्द्र बहादुर कुँवर , एलिना बन्ड्रो , अनिशा बानियाँ , स्लक भट्ट , निरा छन्त्याल , आशिमा गुरुङ ,अनुशा गुरुङ , बेलमान गुरुङ , विजयकुमार गुरुङ , जीवनकला गुरुङ , माया गुरुङ , लक्कि गुरुङ , शिवकुमार गुरुङ , सिता गुरुङ , यमुना गुरुङ , यास्मिन गुरुङ , रविन हमाल , सन्जय जैसवाल , सोनु जैसवाल , रचना काफ्ले , सीता कुमारी खड्का , अनिल कुमार राजभार ,

भगवती कुँवर , अविशेक कुश्वाह , ओम माया गुरुङ , सुस्मा पाण्डे , हरि परियार , कृष परियार , लक्ष्मी परियार , रिता परियार , अरुण पौडेल , लक्ष्मी पौडेल , प्रसिद्धि पौडेल , त्रिभुवन पौडेल , पोजन राना , सविना रायमाझी , राजन सापकोटा ,अनिल शाही , संगिता शाही , आयुर्दि शर्मा , बेबि शर्मा , जमुना शर्मा , विशाल शर्मा , युवराज शर्मा , मोहन श्रेष्ठ , डा। शोना दिवाकर , बन्दना सुनार , राजुसिंह ठकुरी
चुर्ण थापा , गणेश थापा ,लवराज तिमिल्सिना

  • को को थिए विदेशी यात्रुरु
    मेरोल लभ , आयूरी ल्यागीन , भिक्टर ल्यागीन , जेनितसन्डरा पालाभेकिनो , भिक्टोरिया अतुनिना , इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन , एलेक्जेण्डर आइरिडोरे