पोखरामा आज विहान भएको विमान दु’र्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको श’व निकालिएको छ । सेती नदीको खोँचमा दु’र्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् । उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दु’र्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान दुर्घटनामा परेको हो। घटनालगत्तै दुर्घटनाबारे वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने, नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापासहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो।