यती एयरलाइन्सको जहाजमा दु’र्घटनामा डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनका छोरा पनि दु’र्घटनामा परेका छन्।


यती एयरलाइन्सको एटीआर जहाजमा दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र उनका छोरा पनि दु’र्घटनामा परेका छन्। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए। ६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १-१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अन्जु खतिवडा थिइन्। यस्तै जहाजमा सृजना होङचुन र ओसिन आलेमगर एयर होस्टेज थिइन्। पोखराको सीताराम हाउजीङ नजिक सेती नदीको खोचमा जहाज ढलपल गर्दै खसेको थियो। अहिले दु”र्घटनास्थलमा आगो निभाएर यात्रुको उद्धार भइरहेको छ। जहाजमा लागेको आगो नियन्त्रणमा लिएर उद्धारमा नेपाली सेना, सशस्त्र र नेपाल प्र”हरी घ”टनास्थलमा छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विमानस्थल पुगेर दुर्घटनाबारे जानकारी लिएका थिए।