गायक हेमन्त शर्मा जो १ घण्टाअघि उडेर बचे


गायक हेमन्त शर्मा पोखराको सेती नदी खोँचमा दु”र्घटनामा परेको विमान उडेको करिब एक घण्टाअघि आफू उडेको बताएका छन् । कार्यक्रम आयोजकले धन्नले आफ्नो टिकट एक घण्टापछि सारिदिएनछन् भन्दै दु”र्घटनाप्रति उनले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू काठमाडौंबाट पोखरा उडेको कबि १ घण्टापछि यती एयलाइन्सको विमान पोखरा लागि उडेको बताएका छन् । उक्त विमान दु”र्घनाप्रति लक्षित गर्दै चौतर्फीबाट म्यासेज आएकोमा सबैलाई चासो व्यक्त गरेको उनले धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘धन्न आयोजक प्रशान्त भाईले टिकट केहि पछिको गरिदिएनछन्।आज म काठमाण्डूबाट पोखरा उडेको करिब १ घण्टा पछि काठमाण्डूबाटै पोखराको लागि उडेको जहाज़ नराम्ररी दु”र्घटना ग्रस्त भएछ। सँगै वेटिङ मा रहनुहुने देखादेख भएकै कत्ति यात्रु पक्कै पर्नुभयौ। साह्रै दुखः लाग्यो। सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धांजलि ब्यक्त गर्दछु। ज़िन्दगीको केहि भर छैन । मेरो बिहानको बाग्लुंग यात्राको पोष्ट हेरेर मलाई देश बिदेशबाट कल,म्यासेज गरि चासो ब्यक्त गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।

पोखरामा भएको विमान दु”र्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दु”र्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दु”र्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पी”डित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दु”र्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताएका छन्। उनीहरुले विमान दुर्घ”टनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।