पोखरा जहाज दु’र्घटनामा बिते डाक्टर गणेश थापा


पोखरामा भएको जहाज दु”र्घटनामा डाक्टर गणेश थापाको मृ”त्यु भएके छ । पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत ३६ वर्षीय डाक्टर थापा तिलोत्तमा नगरपालिका वडा नम्बर ४ डिङगरनगरका बासिन्दा हुन्। बहिनी नाता पर्ने यशोदाका अनुसार थापा बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा दु’र्घटनामा परेका थिए। उनको श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी काठमाडौंमा र बुवाआमा तिलोत्तमामा बस्दै आएका छन्।

मधेश प्रदेश सभाको बैठक र सभामुखको मतदान स्थगित भएको छ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा सरकारले सार्वजनिक विदा दिएकाले मधेश प्रदेश सभाको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सांसदलाई मोबाइलमा एसएमएस पठाएर बैठक स्थगित गरिएको जानकारी दिइएको छ । आजको बैठकमा नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने र सभामुखको मतदान हुने कार्यतालिका थियो ।

अब मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरुलाई पठाइएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुने सचिवालयले एसएमएस मार्फत् जानकारी पठाएको सांसद रामचन्द्र मण्डलले जानकारी दिए ।