म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो । प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ .चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दु’र्घटनास्थलमा पुगेको थिएँ । म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।
सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो । मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो । घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् । प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठो’क्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो । पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन ।
मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे । अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।
https://youtu.be/VIVcqzG9Cys
आइतबार दु”र्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ। आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ। पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको छ । बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि उद्धारका कठिनाइ भएको छ ।
आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल अवतरणका क्रममा सेती खोँचमा दुर्घटना भएको थियो । विमानमा चालक दलका ४ जना सदस्य र ६८ यात्रु सवार थिए । विमान दुर्घटनाको कारण खुलेको छैन। आजै विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। दु”र्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले थप सहयोग गर्नेछ।