त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालिन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन । उनले आफ्नो उमेरको दुई तिहाई समय आकासमै बिताए । जीवनको ३५ वर्ष विमान उडाए । हजारौं घन्टा आकासमा उडे। एकपटक पनि सामान्य दु”र्घटनासम्ममा नपरेका चालक केसीकालागि आइतबारको दिन जीवनकै पहिलो दु”’र्घटना थियो ।
यही नै उनको जीवनको अन्तिम र कहिल्यै फिर्ता नहुने दु”र्घटनाको दिन भइदियो । सुरुमा १९ सिट क्षमतायुक्त ‘ट्वीनअटर’ विमानमा सहचालकबाट आफ्नो विमान उडान ‘करियर’ सुरु गरेका केसी त्यसपछि चालक भएका थिए। निगममा विमान उडाउँदै जाने क्रममा केसी ट्वीनअटर विमानको प्रशिक्षक (इन्स्ट्रक्टर) पाइलट बनेका थिए । तर, वायुसेवा निगममा करियर अघि बढ्ने नदेखेपछि केसीले सन् २००६ जुन–जुलाईतिर राजीनामा दिएर निजी वायुसेवा कम्पनी यती एयरलाइन्समा प्रवेश गरेका थिए ।
चालक केसीले अमेरिकाबाट पाइलट तालिम लिएका थिए । पोखरा जन्मथलो भएका केसीले अन्तिम श्वास पनि पोखरामै लिए । चालक भएपछि काठमाडौंको बुढानीलकण्ठ हात्तीगौंडाको आफ्नै घरमा बस्दै आएका केसीका श्रीमती र दुई छोरा छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा चालक केसीले उडाएको विमान दु”र्घटनामा परेको हो । केसीलाई उडानमा साथ दिइरहेकी थिइन् सहचालक अञ्जु खतिवडा सो विमान दुर्घ”टनामा ज्यान गु”माएका चालक केसीले उडाएको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आइतबारको छैठौं नम्बरको तालिकामा थियो ।
केसीका सहकर्मीहरुका अनुसार ३५ वर्षअघि सन् १९८८ मा नेपाल वायुसेवा निगममा सहचालकबाट चालकको करियर सुरु गरेका उनी सधैं उड्डयन नियम अक्षरशः पालना गर्ने राम्रो पाइलट थिए । चालक केसीसँग करिब एकदशक सँगै विमान उडाएका एक बरिष्ठ क्याप्टेनले भने, ‘केसीले उडाएको विमान दुर्घटनामा परेको सुन्दा म त स्तब्ध भएँ । उनलाई झल्झली सम्झिरहेको छु । सायद, प्राविधिक कारण दु”र्घटना भएको हुनुपर्छ । उनी गल्ती गर्ने पाइलटै होइनन् ।’ यतीको सेवा सुरु गर्नुअघि केसीले १८ वर्ष नेपाल वायुसेवा निगममा विमान उडाएका थिए ।