पोल्याण्ड पुगेको ३ महिनामै उर्लाबारी मंगलबारेका युवाले गुमाए ज्यान


उर्लाबारी । करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ उर्लाबारी-३ मंगलबारेका गोविन्द न्यौपानेको सवारी दु”र्घटनामा परी पोल्याण्डमा मृ”त्यु भएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दु”र्घटनामा परी असामयिक निधन भएको जनाएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डले सामाजिक संजालमा घटनाको बारेमा पोष्ट गर्दै जानकारी दिइएको हो । मृ”तक न्यौपानेको आगामी विहिबार पोल्याण्डमै अन्ते”ष्टिको तयारी थालिएको मृ”तकका काका डिल्ली न्यौपानेले बताउनु भयो । Urlabarinews.com

यस्तै-पर्सा जिल्लामा अवैध हुण्डी करोबार बढ्दै गएको छ । प्र”हरीले श्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँ सहित २ हुण्डी करोबारीलाई प”क्राउ गरेको छ । प’क्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षीय बिकाश साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी निवासी १९ वर्षीय सुवास कुमार साह छन् । मंगलबार दिउँसो जिल्ला प्र”हरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको घण्टाघरस्थित सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो ।

प्र”हरीले उनीहरुमाथि शंका लागि चेकजाँच गर्ने क्रममा बीआर–५–एई ९३४३ नम्बरको भारतीय स्कुटरमा पछाडी बस्ने सुवास कुमार साहले बोकेको झोला भित्र १ हजार, ५ सय तथा १ सय दरका २२ लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्र”हरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। साथै अभियुक्तहरुले प्रयोग गरेको मोबाईल २ थान समेत बरामद गरेको उनले बताए । आफूसंग रहेको रकमको श्रोत खुलाउन नसक्दा उनीहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको पर्साका प्र”हरी प्रवक्ता एवम डिएसपी गिरीले बताए ।