दाङको टरिगाउँ एयरपोर्टमा सीता एयरले शुक्रबार परीक्षण उडान भर्ने भएको छ । सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार दिउँसो एक बजे परीक्षण उडान भर्न लागेको टरिगाउँ एयरपोर्टका विमानस्थल प्रमुख गणेश आचार्यले जानकारी दिए । प्रमुख आचार्यका अनुसार एयरपोर्टबाट पछिल्लो समय नेपाल एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको चार दिन आइबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ।
दाङदेखि काठमाडौंको भाडा न्यूनतम ८ हजार ८ सय १० रूपैंया र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजारदेखि अधिकतम १२ हजारसम्म छ । निजी विमान सेवा कम्पनीले टरिगाउँ एयरपोर्टमा उडान भरे हवाई भाडा घट्ने आशा गरिएको छ । यस एयरपोर्ट घाँसे मैदान हुँदा पनि सीताले उडान भरेको थियो । त्यस्तै सीताले गुल्मीको नवनिर्मित एयरपोर्ट र दाङको एयरपोर्टबाट परीक्षण उडान भर्न लागेको हो । युवा ब्यवसायी रिजाललगायत यसक्षेत्रका ब्यवसायीको पहलमा झन्डै दशक पहिले पनि निजी विमानले टरिगाउँ एयरपोर्टमा सेवा दिने गरेका थिए ।
टरिगाउँ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे रहेका कारण यहाँ ठूला विमान अवतरण हुन सक्दैनन् ।
यो पनि पढ्नुहोस
जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृ’त्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो ।
जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो । फेला परेका १३ जनामध्ये आठ जनाको मृ’त्यु भएको पुष्टि भएको र तीमध्ये छ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताउनु भएको छ ।