जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताउनु भएको छ । जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो । जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेका र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो ।
फेला परेका १३ जनामध्ये आठ जनाको मृ”त्यु भएको पुष्टि भएको र तीमध्ये छ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताउनु भएको छ ।
यो पनि पढ्नुहोस
गृह मन्त्रालयले आ”त्मदाहबाट मृ”त्यु भएका प्रेम आचार्यले उठाएका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो। अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रह”रीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेगरी समिति गठन गरिएको हो।
समितिले आचार्यले उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्ने र त्यससम्बन्धमा सरकारले के-के गर्नुपर्ने हो सुझाव तयार पार्नेछ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयवस्तुबारे छानबिन गर्ने निर्णय गरेको थियो। इलामका आचार्यले मंगलबार नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए। लगत्तै कर्तिपुर बर्नअस्पताल पुर्याइएका उनको बुधबार विहान मृ”त्यु भएको थियो।