आ’त्मदाहको प्रयासपछि उपचारका लागि लगिएको कीर्तिपुर हस्पिटलमा प्रेमप्रसाद आचार्यलाई भेट्न जाँदा ‘प्रोटोकल’ पालना नगरेको भन्दै चौतर्फी टिकाटिप्पणी भएपछि स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले त्यसको जवाफ दिएकी छिन् । स्वास्थ्यमन्त्री डा. कार्कीले आत्मदाह गरेका प्रेमलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताउँदै प्रोटोकलभन्दा मथि मानवीयताको प्रोटोकल हुने बताइन् ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा उनले भनिन्, ‘म भित्रको संवेदननाले अस्पताल नपुगि बस्न सकिन र अस्पतालमा भेट्न पुगेको थिएँ। त्यहाँ पुग्नु आवश्यक थियो । हरेक प्रोटोकलभन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ। त्यसैले उहाँलाई हौसला दिनका लागि म तत्काल त्यहाँ पुगेकी थिएँ। हामीले अस्पताल प्रशासनको प्रोटोकल मिचेका छैनौं अस्पतालका चिकित्सकलाई फोन गरेर आचार्यबारे जानकारी लिएपछि आफू भेट्न गएको उनले बताएकी छन् । उनका अनुसार आचार्य होसमा भएको थाहा पाएर भेट्न गएकी हुँ ।
साथै, स्वास्थ्य राज्यमन्त्री डा.कार्कीले चिकित्सकलाई जानकारी गराएरै आचार्यलाई भेट्न गएको पनि बताइन्। तर, आईसीयूमा उपचाररत रहेका आचार्यलाई भेट्न जाँदा प्रोटोकल पालना नभएको र सँगै मिडिया लिएर गएको भन्दै उनको आलोचना भएको थियो । मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद् भवनअगाडि शरीरमा आगो लगाएका आचार्यको उपचारका क्रममा निधन भएको थियो।
यो समाचार पनि पढ्नुहोस
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्र सङ्घीय निजामती सेवा ऐन संसदमा पेश गर्ने बताएका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले सङ्घीयता कार्यान्वयन गर्दै सहमतिका आधारमा कर्मचारीको अवकाशको उमेर ५८ वा ६० वर्ष जुन भएपनि न्याय गरिने प्रष्ट पारे। उनले स्थानीय तहमा प्रमुखका रुपमा निमित्त कर्मचारी रहने कार्यलाई अन्त्य गर्दै जहाँ जसको दरबन्दी छ सोहीअनुसार कर्मचारी पठाउने कार्य सुरु गरेको जानकारी दिए।
मन्त्री मोदीले सुशासन कायम गर्न प्रशासकीय सुधारको पहलस्वरुप कर्मचारी कार्यालय समयमा आउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिएको बताए। मन्त्री मोदीले राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र एवं मालपोत कार्यालयबाट प्रदान गरिने सेवा छिटो छरितो र सरल बनाउन मोरङका सरकारी कार्यालयका प्रमुखसँग छलफल गरिएको जानकारी दिए। प्रशासनिक कामलाई नागरिक केन्द्रित बनाउने अभियान मुलुकभर सञ्चालन गरी सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन आफू प्रतिबद्ध रहेको बताए।