शरीरमा आगो लगाएका पुरूषलाई बचाउन गएकी पोखराकी एक महिलाको उपचारका क्रममा मृ’त्यु भएको छ। जलेर घा”इते भएकी पोखरा महानगरपालिका वडा नम्बर १३ की उक्त महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै जिल्ला प्र’हरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारको गरिएको थियो। उनको घरमा डेरा गरी बस्ने एक पुरूषले शौचालयमा गएर आफैंमाथि पे”ट्रोल छर्केर आगो लगाएपछि उनी बचाउन गएकी थिइन्।
आ”गोले ज”लेर ग”म्भीर घा”इते भएका दुवै जनालाई उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो। आफैंमाथि आगो लगाएका पुरूषको भने उपचार जारी छ। उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको छ। मृ”त्यु भएकी महिलाको भने ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घा”इतेलाई अस्पताल पुर्याएपछि मात्रै घ”टनाबारे प्रहरीलाई खबर आएको थियो। बचाउन गएकी महिलाको शरीर कसरी धेरै जलेको भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी केसीले बताए।
‘अहिले हामी प्रारम्भीक अनुसन्धानमा छौं, परिवार पनि आउनुभएको छ। हामी थप बुझ्दैछौं,’ उनले भने, ‘यस विषयमा अनुसन्धानपछि मात्रै के भएको हो भन्न सकिन्छ। यो घ”टना शं”कास्पद छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले मृ”तक र उपचाररत पुरूषको परिचय भने खुलाएको छैन। ती पुरूषको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले बताए।
यो पनि पढ्नुहोस
गुल्मीमा ह”त्या गरिएकी महिलाको घरमा अघिल्लो दिन पाहुना आएको खुलेको छ। आइतबार बिहान ८ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर ७ बागलुङ सिमानामा पर्ने घरमा एक महिलाको श”व फेला परेको थियो। ५७ वर्षीया गंगादेवी शेरचनको श”व फेला परेको हो। २ तले कच्ची घरमा उनी एक्लै बस्थिन। घरकै भुइँ तलामा उनले सानो होटल चलाउने गर्थिन्। उनको घर नजिकै खोला छ। खोलापारि उनकी बहिनी बस्छिन्। गंगादेवी बिहान अबेरसम्म घर बाहिर ननिस्केपछि छिमेकीले बहिनीलाई खबर गरेका थिए।
बहिनी आएर हेर्दा दिदी (गंगादेवी) भुइँमा लडेको देखेकी थिइन्। उनले प्रहरीलाई घटनाबारे जानकारी दिइन्। लगत्तै प्रहरी घटनास्थल आएको थियो। घट”नास्थलमा एसपी अर्जुन रानाभाट पनि पुगेका थिए। गंगादेवीको घरको मुल ढोका बन्द रहेको र पछाडीपट्टी रहेको ढोका भने खुला रहेको पाइएको रानाभाटले जानकारी दिए। हात-खुट्टा बाँधिएको र मुखमा टेप लगाएको अवस्थामा गंगादेवीको श”व फेला परेको थियो। ‘टेपले हात, खुट्टा र मुखमा बाँधेको देखिन्छ। कार्टुनमा बाँध्ने टेप पनि भेटियो। मुख, आँखा र टाउकोमा रगत देखिन्छ, अन्त चो”ट थिएन।’
गंगादेवीको ह”त्यामा धा”रिलो ह”तियार प्रयोग नभएको उनले बताए। भित्री चोटका कारण उनको मृ”त्यु भएको हुनुपर्ने प्रहरीको प्रार’म्भीक अनुसन्धानबाट देखिएको छ। पो’ष्टमर्टम पछि मात्रै यसबारे थप खुल्ने उनले बताए। गंगादेवीको घरमा अघिल्लो दिन पाहुना आएका थिए। ३ जना पाहुना आएको अनुसन्धानबाट खुलेको उनले बताए। ती पाहुना को थिए भन्ने खुलेको छैन। घ”टनास्थलमा गंगादेवीको मोबाइल पनि भेटिएको छैन।