गुल्मी ह’त्या: अघिल्लो दिन आएका थिए तीन जना पाहुना,भेटिएन गंगादेवीको मोबाइल


गुल्मीमा ह”त्या गरिएकी महिलाको घरमा अघिल्लो दिन पाहुना आएको खुलेको छ। आइतबार बिहान ८ बजेतिर मुसिकोट नगरपालिका वडा नम्बर ७ बागलुङ सिमानामा पर्ने घरमा एक महिलाको श”व फेला परेको थियो। ५७ वर्षीया गंगादेवी शेरचनको श”व फेला परेको हो। २ तले कच्ची घरमा उनी एक्लै बस्थिन। घरकै भुइँ तलामा उनले सानो होटल चलाउने गर्थिन्। उनको घर नजिकै खोला छ। खोलापारि उनकी बहिनी बस्छिन्। गंगादेवी बिहान अबेरसम्म घर बाहिर ननिस्केपछि छिमेकीले बहिनीलाई खबर गरेका थिए।

गंगादेवीको ह”त्यामा धा”रिलो ह”तियार प्रयोग नभएको उनले बताए। भित्री चो”टका कारण उनको मृ”त्यु भएको हुनुपर्ने प्रहरीको प्रारम्‍भीक अनुसन्धानबाट देखिएको छ। पो”ष्टमर्टम पछि मात्रै यसबारे थप खुल्ने उनले बताए। गंगादेवीको घरमा अघिल्लो दिन पाहुना आएका थिए। ३ जना पाहुना आएको अनुसन्धानबाट खुलेको उनले बताए। ती पाहुना को थिए भन्ने खुलेको छैन। घट”नास्थलमा गंगादेवीको मोबाइल पनि भेटिएको छैन।

बहिनी आएर हेर्दा दिदी (गंगादेवी) भुइँमा लडेको देखेकी थिइन्। उनले प्रहरीलाई घ”टनाबारे जानकारी दिइन्। लगत्तै प्रहरी घ”टनास्थल आएको थियो। घ”टनास्थलमा एसपी अर्जुन रानाभाट पनि पुगेका थिए। गंगादेवीको घरको मुल ढोका बन्द रहेको र पछाडीपट्टी रहेको ढोका भने खुला रहेको पाइएको रानाभाटले जानकारी दिए। हात-खुट्टा बाँधिएको र मुखमा टेप लगाएको अवस्थामा गंगादेवीको श”व फेला परेको थियो। ‘टेपले हात, खुट्टा र मुखमा बाँधेको देखिन्छ। कार्टुनमा बाँध्ने टेप पनि भेटियो। मुख, आँखा र टाउकोमा रगत देखिन्छ, अन्त चोट थिएन।’

बेलुकी पाहुना आउँछन् भनेर छिमेकीसँग कुरा गरेको पाइयो, तर को पाहुना हुन् खुलेन। छिमेकीले पनि देखेनछन्। ती पाहुना राति त्यहीँ बसे कि भन्ने प्रारम्भीक अनुसन्धानले देखाउँछ,’ उनले भने। घ”टना भएपछि प्र”हरीले तालिम प्राप्त कुकुर सहितको टोली झिकाएको छ। डिएसपीकै कमान्डमा घ”टनास्थलमै बसेर अनुसन्धान भइरहेको छ।

यो पनि पढ्नुहोस
मादक पदार्थ सेवन गरी गाडी चलाउनेमात्रै होइन, झै-झगडा गर्ने अनि प्रहरीलाई पनि नटेर्ने गर्दै आएका पोखराका युवा अटो व्यवसायीलाई कास्की प्र”हरीले पक्रेको छ। अटो व्यवसायी २५ वर्षे सौरभ थापा पछिल्लोपटक फेरि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि प”क्राउ परेका हुन्। उनलाई पक्रेर अभद्र व्य’वहारसम्बन्धी मुद्दा चलाउन प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको जिल्ला प्र’हरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार ५ दिनअघि थापा प’क्राउ परेका हुन्।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएयसन (नाडा)का गण्डकी प्रदेश समितिका सदस्य सौरभका बुबा ध्रुव थापा नाडाका केन्द्रीय अध्यक्ष हुन्। ध्रुवका दाजु बिन्दुकुमार थापा गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका प्रभावशाली सांसद हुन्। पूर्वमन्त्रीसमेत रहेका आफ्ना ठूलाबुबाको नामसमेत लिँदै भतिजा सौरभले यसअघि पनि पटक-पटक प्रहरी र अरु सर्वसाधारणलाई पनि अभद्र व्यवहार गर्दै आएको प्रहरी स्रोत बताउँछ।

‘यसपटकचाहिँ राति ३ बजे मादकपदार्थ सेवन गरी गाडी चलारहँदा सौरभ प्र’हरी चेकिङमा परेका थिए,’ प्रहरी स्रोत भन्छ, ‘तर प्रहरीलाई नटेरी भाग्न खोजे र गाडीको ढोकाले उल्टै प्र’हरीलाई लाग्यो र हात भाँ’च्चियो।’