पोखरा हवाई दु”र्घटनामा मृ”त्यु भएकामध्ये छ जनाको श”व पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दु”’र्घटनाान परी शव अत्यधिक ज”लेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा श”व पहिचान सुरु गरिएको हो ।
उनले परिवारको नमुना सङ्कलन र छजना श”वको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ । काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो । पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो । गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दु”र्घटना हुँदा ७२ जनाको नि”धन भएको थियो ।
यो पनि पढ्नुहोस
रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृह मन्त्रालय आफूलाई नै दिन माग गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास, बालुवाटारमै पुगेर लामिछानेले उपप्रधान तथा गृहमन्त्रीमा नियुक्ति नगरेमा तत्कालै सरकार छाड्ने बताएका हुन् । नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतले लामिछानेको उपप्रधानमन्त्री र गृहमन्त्री तथा सांसद पद गुमाएका लामिछानेले पुनँ नागरिकता वैध बनाएसँगै गृहमन्त्रीमा दाबी गरेका हुन् ।
लामिछानेको उक्त मागबारे प्रधानमन्त्री प्रचण्डले सल्लाह गरेर जवाफ दिने बताएका थिए । आज बेलुकासम्म प्रधानमन्त्रीबाट सकारात्मक जवाफ नआएमा आजै बेलुकी पत्रकार सम्मेलन गरेर सरकारबाट फिर्ता भएको घोषणा गर्ने रास्वपाका नेताहरुको भनाइ छ । सत्ताघटक दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले समेत गृह मन्त्रालयमा रविलाई नै पुनः नियुक्त गर्न दबाब दिइरहेका छन् । तर प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्रीमा कसलाई दिने भन्नेमा अलमलमै रहेको बताइएको छ ।
गृहमन्त्री रास्वपाले पाइसकेको विषय रहेको भन्दै पुनः आफ्नै पार्टीले पाउनुपर्ने रास्वपाको निर्णय छ । गृहमन्त्री पाए पनि व्यक्ति चाहिँ रविलाई नै पठाउने कि या कसलाई पठाउने भन्नेबारे रास्वपाले तय गरिसकेको छैन । संविधान अनुसार सांसद नरहे पनि ६ महिनासम्म गैरसांसदलाई मन्त्री बनाउन सकिन्छ ।