कर्णाली राजमार्गमा गाडी दु”र्घटना हुँदा १३ जना घा”इते


कर्णाली राजमार्गमा फोर्स गाडी दु”र्घटनामा परेको छ। मंगलबार साँझ राजमार्गअन्तर्गत चामुण्डाविन्द्रासैनी नगरपालिका-७ रामाघाट नजिकै गाडी दु”र्घटनामा परेको हो। प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०१६६ नम्बरको गाडी दुर्घ”टनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले बताए। गाडी दु”र्घटनामा १३ जना घा”इते भएको डीएसपी साहले जानकारी दिए।

उक्त गाडीमा चालक र सहचालकसहित १३ जना सवार थिए। घा”इतेहरुको उद्धार गरी स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको थियो। स्थानीय मेडिकलबाट उपचारपछि तीन जना डिस्चार्ज भएका छन्। अन्य १० जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको डीएसपी साहले बताए। गाडी सडकबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीको किनारमा खसेको प्र”हरीले जनाएको छ। गाडी चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ।

यो पनि पढ्नुहोस
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एकजनालाई प्र”हरीले प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो रहेका छन् । इलाका प्र’हरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोली खटाएर खोजतलास तीव्र पारेको छ ।

सो टोलीले फरार थुनुवामध्ये महतोलाई पक्राउ गर्न सफल भएको हो । महतोमाथि हातहति”यार खरखजाना मुद्दा चलिरहेको छ । उनलाई ह”तियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर सार्वजनिक गरेको थियो । यता फरार रहेका बाँकी ५ जनाको खोज तलाश तीव्ररूपमा भइरहेको प्र”हरीले जनाएको छ ।