राष्ट्रिय स्वतन्त्र पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकममा स्टाटस लेख्दै पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्ने जनाएका छन् । उनले पार्टीको बैठकले ठोस निर्णय गर्ने पनि जनाएका छन् । पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ । त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु,’ उनले भनेका छन् ।
उनले आजको पत्रकार सम्मेलन देश विदेशमा रहेका सबैलाई हेर्न र सुन्न पनि आग्रह गरेका छन् । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्,’ उनले भनेका छन्, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ। छिल्लो समय पत्रकारिता छोडेर राजनितीमा पाइला टेकेको निकै थोरै समयमा सांसद र मन्त्री भएका या भनौ राजनितीमा निकै छोटो समयमा छलाङ मारेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रबि लामिछानले २०७९ असारमा पार्टी गठन गरेका थिए ।
लामिछाने मंसिर ४ गतेको चुनावमा चितवन २ बाट प्रतिनिधीसभा सदस्यमा बिजयी भए । त्यसैगरी पुस ११ गते उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएका लामिछाने ३२ दिनमै उनले आफ्नो पद गुमाउनुपर्यो । लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामा उनले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुनः लिने प्रक्रिया पुरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज हुने आदेश दिएपछि उनको पद रिक्त भएके थियो ।