जुम्लामा एक घरमा आगलागी हुँदा १४ वर्षीय बालिकाको जलेर मृत्यु


घरमा आगालागी हुँदा एक बालिकाको ज”लेर मृ”त्यु भएको छ । चन्दननाथ नगरपालिका— १ ठिन्केमा स्थानीय लोकबहादुर भण्डारीको घरमा आग”लागी भएको हो । आगलागीबाट भण्डारीको ३ कोठे घर ज;;लेर पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

 गएराति करिब साढे १० भएको आगलागीका कारण उनकी १४ वर्षीया छोरी वन्दना भण्डारीको जलेर मृ”त्यु भएको हो .उनका अनुसार ३ तले घरमा भण्डारी परिवारका ७ जना सुतेका थिए । आगलागी भएको चाल पाउँदा अरू सबै घरबाहिर निस्कन सफल भएकोमा ती किशोरी भने बाहिर निस्कन नपाई आगोमा फसेकी थिइन् ।

उनी घरको तेस्रो तलमा सुतेका कारण निस्कन नपाएर आगोमा जलेको प्रहरीको भनाइ छ । रातिको समय भएकाले सबै सुतिसकेपछि आगो लाग्दा बेलैमा आगो निभाउन समेत नसकिएको स्थानीयले बताए । घरमुली लोकबहादुरको खुट्टामा समेत केही जलेर घा”इते भएका छन् ।

ढुङ्गा र काठबाट बनेको घरको छाना चाहिँ टिनको थियो । तर पनि आगोले जलेर भग्न भएको छ । आगो घरको दोस्रो तलाबाट लागेको बताइएको छ ।