काठमाडौंः संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नितिमा कार्की भण्डारीको गाडीलाई ठक्कर दिएको छ ।
सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि बुधबार केहीबेरअघि यूएनडीपीको ६६–१–००१२ नम्बरको गाडीले सांसद कार्की भण्डारीको बागमती प्रदेश ०१–०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो । स्रोतका अनुसार सांसद कार्कीको गाडी रोकिराखेको अवस्थामा यूएनडीपीको गाडीले दक्षिण गेटतर्फ आउँदै गर्दा ठक्कर दिएको थियो ।
घटनाबारे थप विवरण बुझ्ने काम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।





