अनततः डाक्टर कुट्ने प्रहरी हवल्दार परे निलम्वनमा


अनततः डाक्टर कुट्ने प्रहरी हवल्दार परे निलम्वनमा अन्ततः ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा जनिथलाल सिंह् जेनिथ लाई कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका छन्। गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले बताएका छन् । उनले भने, ‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा परेका छन्।

अब उनीमाथि थप अनुसन्धान हुन्छ।’ शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो। त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए।

बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेका थिए । कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ। ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह जेनिथलाई लाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला लाठी प्रहार गरेको भन्दै बिर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका आवासीय चिकित्सकहरूले प्रहरीलाई कारबाहीको माग गर्दै आंशिक रूपमा सेवा प्रवाहमा अवरोध गरेका थिए ।

दोषीलाई कारबाही नभएसम्म वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवामा आफूहरू सहभागी नहुने समेत चिकित्सकहरूले बताएका थिए । रेजिडेन्ट एसोसियसन अफ न्याम्सका अध्यक्ष डा. शेषराज घिमिरेले भर्ना भइसकेका बिरामीलाई भने सेवा भने रोकेका थिएनन् । घिमिरेले भीआईपी सवारीका नाममा बिनागल्ती चिकित्सकलाई कु”टपिट गर्नेमाथि कारबाहीको माग सहित सेवा अबरोध गरेको बताएका थिए ।

भर्ना भइसकेका बिरामीलाई सेवा दिने कुरामा अवरोध नगर्ने उनले बताएका थिए । अध्यक्ष घिमिरेले दोषीलाई कारबाही नभए आफूहरू आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

राप्रसा संसदीय दलको प्रमुख सचेतकसमेत रहेका शाहीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति राष्ट्रपतिले चिकित्सकसँग क्षमा माग्नुपर्ने समेत बताएका छन् हिजो राष्ट्रपति विद्यादेवी भण्डारी वानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिडेको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले कु”टपिट गरेको प्रती उनले खेद प्रकट गरेका छन् ।

प्रहरीले डाक्टरमाथि निर्घात कु”टपिट गरि सिकिस्त बनाएको घटना आफू मर्माहित भएको शाहीले विज्ञप्तिमा बताएका छन् । प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनिय भएको उनले बताएका छन् ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ति दिएर गरेको सम्मानको के अर्थ के रु हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अब अन्त्य हुन जरुरी छ,’ उनले भनेका छन्, ‘चिकित्सक माथिको कु”टपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु।’ उनले २४ घण्टे अल्टिमेटम दिँदै आजसम्ममा कुट”पिट गर्ने प्रहरीलाई कारवाही नगरिए आन्दोलन गर्ने घोषणा भैसकेको बिज्ञप्तीमार्फत बताएका छन् ।