बहिनी अस्पतालमा मृत्युको मुखमा, दाजु बाटो बाटोमा छटपटाउदै। दाजु बहिनीको लोभलाग्दो प्रेमहेर्नुहोस्


गिटार बजाएर गित गाउदै बहिनीको उपचार खर्च जोड्दै रोशन ः भन्छन आउदो तिहारमा बहिनीके हातबाट टिका लगाउने ठुलो धोको छ । भनिन्छ प्रेममा न त भुगोल हुन्छ न जात नै । प्रेममा कुनै सीमा हँदैन । प्रेम आफैमा सर्वब्यापी हुन्छ । प्रेममा भित्रि भाव र स्नेह हुन्छ ।यतिबेला भ्यालेन्टाइन विक चलिरहेको छ ।

प्रेमिल जोडिहरु यो विकलाई सेलिब्रेट गरिरहेका बेला एक दाजुले आफ्नी बहिनीलाई उपचार गर्नका लागि भिडमा, तथा मठ मन्दिरमा गित गाएर सहयोग मागिरहेका छन् । उनको यो कार्यले भित्री मन देखि गरिने दाजुको बहिनीप्रतिको स्नेह झल्काएको छ ।

उनि हुन तनहुँ शुक्लागण्डकी नगरपाकिाका २२ वर्षीय रोशन नेपाली जसले आफ्नो १७ वर्षीया बिरामी बहिनीको उपचारका निम्ति हरेक दिन मन्दिर तथा मानिसहरुको बाक्लो उपस्थिति हुने ठाउँमा गितार लिएर मीठा–मिठा गीत सुनाउँछन् र उनको कला र गला मन पराएर श्रोताहरुले दिएको अलि अलि पैसा जम्मा गरेर हतार हतार आफ्नी बिरामी बहिनीको लागि कुरुवा बस्न र औषधी किन्न पाटन अस्पताल पुग्छन ।

रोशन भन्छन, ूघरको अवस्था पनि त्यति राम्रो छैन । बहिनीको उपचार गर्दा गर्दै सबै पैसा सकियो। घरमा बृद्ध बुबा मात्रै हुनुहुन्छ। अरुसगै हात फैलाउन पनि आत्माले दिएन, फेरि बहिनीको नाजुक अवस्था त्यतिकै छाड्न मनले दिएन। मैले जानेको यहि अलिअलि गुनगुनाउन हो त्यसैले बाध्यता भनौं या मेरो लाचारीपन, यो बिकल्प रोज्न बाध्य भएँ। उनले अव आउने भाईटिका निको भएकी बहिनीको हातबाट लगाउने आफ्नो ठुलो धोको भएको भएको बताएका छन् ।

उनकी बहिनीलाई मानसिक रोग सिजोफेनिया भएको र पोखरा गण्डकी अस्पतालमा उपचार गरी हाल काठमाडौ स्थित पाटन अस्पतालमा उपचाररत रहेको नेपालीले बताएका छन् । उनकी आफ्नी आमा छैनन् उनको अर्की आमा थीइन ति पनि रोशनका बुबाको धेरै पिउने बानीका कारण माइतमा बस्छिन्। रोशन अध्ययनका लागि काठमाडौ बस्छन् । घरमा बहिनी र बाबामात्रै , बहिनीलाई एक बर्ष पहिले पनि ठ्याक्कै एस्तै भएको थियो, केहि समय सन्चो लाग्यो र फेरी बल्झीयो उनी भन्छन , केही दिन त बुबाले घरमै कोठा भित्रै थुनेर राख्नुभएछ ,

सम्हाल्न नसकेपछी अस्पताल ल्यायौ । उपचार गर्दा भएको पैसा पनि सकियो औषधि किन्नुपर्छ , कुरुवाले खाना खान पनि नसक्ने अवस्था भयो त्यसैले यसरी भिडमा गाएको हुँ । उनी आफुले संगित सिक्दै गरेको र सांगितीक क्षेत्रमा स्ट्रगल गरिरहेको बताएका छन् । हालसम्म १ डेढ लाख खर्च भैसकेको छ तर बहिनीको अवस्थामा खासै सुधार आएके छैन त्यसैले ,अझै डेड महिना जती हस्पीटलमा राख्नुपर्ने भएकाले इच्छुक ब्यक्तीले या सक्ने ब्यक्ती सहयोग गरि आफ्नी बहिनीको उपचारमा सघाइदिन रोसनले अपिल गरेका छन् ।

भनिन्छ नी एक थुकी सुकी १०० थुकी नदि । तपाइको सानो सहयोगले कसैको जिन्दगी बन्न सक्छ , हामी नेपाली खुला हृदयका छौ। उदार मनका छौ , कसैको दुःख देख्न सक्दैनौ , यी बहिनीको उपचारका निमीत्त पनि मन खोलेर सक्दो सहयोग गरौ । सहयोग गर्न चाहनेहरुका निमीत्त उनको रोशन नेपालीको फोन नम्बर स्किृनमा देखाइएको छ ।