खाना पकाउने ग्यास सिलिण्डरबाट आगो फैलिदा जलेर घाइते भएका बौद्धिक तथा लोकपृय नेता एवम् सांसद डा.चन्द्र भण्डारीलाई मातृ शोक परेको छ । सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी किर्तिपुर अस्पतालको आइसियुमा उपचाररत हुनुहुन्थ्यो । उहााँको करिब ७० प्रतिशत भाग जलन भएको अस्पतालले जनाएको थियो ।
उपचारको क्रममा सासंद भण्डारीकी आमा ८६ बषीय हरीकला भण्डारी को अस्पतालमै मृत्यु भएको हो । उहाँको आज बिहान १०ः५७ मिनेटमा प्राण गएको सांसद डा.भण्डारीको सचिवालयले जनाएको छ। उहाँहरुको अवस्था जटिल रहेकाले उपचारका निम्ती अस्पतालले देश बाहिरको सुबिधा सम्पन्न देशमा लैजान सिफारिस गरेको थियो ।
सांसद डा. भण्डारी भने स्वदेशमै उपचार गराउने कुरामा अडान लिएका छन् । उहाँहरुलाई गएराति साढे १० बजे उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुर अस्पतालले थप उपचारका लागि उहाँहरु दुवै जनालाई देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको थियो।
खाना खाए्र सुतिसकेपछि ग्यास लिक भएको थाहा पाएर भान्सामा पुग्नुभएका सांसद भण्डारीले बत्ती बाल्दा आगो उहाँको शरिरमा फैलिएको थियो घटना भएलगत्तै उहाँहरुलाई तुरुन्तै अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ । गए रातिदेखि सासंद डा.भण्डारीको भने कीर्तिपुरस्थित बर्न अस्पतालमा आइसियुमा राखेर उपचार भैरहेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा। निजिना ताम्राकार र डा. किरण नकर्मीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लगेर छिटो उपचार गर्न सिफारिस गरेका हुन्। किर्तिपुर अस्पतालले एक बिज्ञप्ती जारी गर्दै सांसद भण्डारीको अनुहार, दुवै हात, दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको बताएको छ।
गए राति सांसद भण्डारीको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। खाना खाएर सुतिसकेपछि ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ । ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट भारी मतका साथ निर्वाचित हुनुभएको हो ।