कसरी थाहा पाउने ग्यास चुहावट ? के के छन् रोकथामका उपाय ?


भान्छामा खाना पकाउने एलपी ग्यास चुहिएर अगालागी भई बर्षेनी ठूलो धनजनको क्षति भइरहेका समचारहरु सुन्नमा आइरहन्छन् । अतिसंवेदनशील पदार्थ ग्यासको सुरक्षित प्रयोग नहुँदा दुर्घटना निम्तिने हो । एलपी ग्यासको सबैभन्दा ठूलो जोखिम भनेकै चुहावट हो । कहिलेकाहीँ पुरानो थोत्रो र लिकेज भइरहेको सिलिन्डर घरमा आइपुगेको खण्डमा पड्किने पनि उत्तिकै सम्भवना रहन्छ ।
यदि तपाईंले सामान्य होसियारी अपनाउनुभयो भने ग्यासको जोखिमबाट सुरक्षित रहन सक्नुहुन्छ । तपाईं आफ्नो घरमा ग्यास चुहावट भइरहेको कसरी पत्ता लगाएर त्यसको रोकथाम गर्न सक्नुहुन्छ ? हामी तपाइँलाई ग्यास चुहवाटका कारण र रोकथामका उपायहरुबारे जानकारी गराउँदै छौं ।

ग्यास चुहावट हुनुका कारणहरु
बिग्रिएका उपकरणहरु (ओभन, गिजर, बोइलर आदि)
खुकुलो गरी फिट गरिएका ग्यासका पाइपहरु
बिग्रिएका पुराना ग्यास पाइपहरु
चुल्हो खुल्लै छाडि बेवास्ता गरिनु
ग्यासको सिलिन्डर (रेगुलेटर) अफ नगरिनु
नेपाल गुणस्तर प्राप्त नगरेको कमसल वा पुरानो रेगुलेटर प्रयोग गरिनु
खराब ग्यास सिलिण्डर
यदि तपाईंको घरमा बत्ती जाँदा प्रयोग हुने ग्यास ल्याम्प वा जाडोमा कोठा तथा शरीर तताउन प्रयोग गरिने ग्यास हिटर छ भने तिनको प्रयोग नगरेको समयमा ती उपकरणको ग्यास सञ्चार हुने स्विच खुल्लै छाड्नाले पनि ग्यास चुहावट गराउँछ । त्यस्तै, बिजुली ब्याकअपको लागि ग्यास जेनेरेटर राखिएको छ भने प्रयोगमा नआएको समयमा ग्यास आपूर्ति बन्द नगर्नाले ग्यास चुहावट हुने गर्छ ।

कसरी गर्ने ग्यास चुहावटको पहिचान ?
ग्यास चुहावट पहिचानको सबैभन्दा ठूलो समस्या भनेको यो अदृश्य हुन्छ र कुनै संकेत वा लक्षण नदिइकन वातावरणमा फैलन्छ । ग्यास चुहावटका केही प्रमुख संकेतहरु छन् जुन तपाईंले सतर्कताका साथ ख्याल राख्नुपर्छ ।  प्राकृतिक ग्यासको गन्ध कुहिएको अण्डाको जस्तो हुन्छ । घरमा यस्तो विचित्रको गन्ध आएमा सलाई, लाइटरजस्ता आगो सल्काउने चिजको प्रयोग नगरी ग्यास प्रवाह हुने स्विच वा रेगुलेटर तुरुन्त बन्द गर्नुपर्छ ।
चुल्हो जाँच गर्नुहोेस्
चुल्होमा ग्यासको प्रयोग हुने भएकाले यो अतिसंवेदनशील चिज हो । चुल्होमा आगो नबाल्दा पनि ग्यास खुल्लै छोड्ने सम्भावना रहन्छ । यदि तपाईंले अनौठो कुहिएको जस्तो गन्ध महशुस गर्नुभयो भने चुल्होको जाँच गरी ग्यास सञ्चार हुने स्विच बन्द गर्नुहोस् ।
सि… सि… अथवा सुसेलेको आवाज
यदि तपाईंले चुल्हो खुल्लै छाड्नुभएको छ भने ग्यास चुहावटको स्रोत सजिलै पत्ता लगाउन सकिन्छ । तर, यदि स्रोत पत्ता नलागेको खण्डमा तेज गन्ध आएको ठाँउमा ध्यानपूर्वक सुन्नुहोस् ।
पक्कै पनि तपाईंले त्यहाँ सुसेलेको जस्तो आवाज सुन्नु हुनेछ र त्यसले खुकुलो, बिग्रिएको वा प्वाल परेको पाइपबाट ग्यास चुहावट भएको संकेत गर्छ ।
खराब ग्यास सिलिन्डर
अन्य विकसित राष्ट्रमा जस्तो पाइपबाटै ग्यास वितरणको सुविधा हाम्रो देशमा नभएकाले हामी सिलिण्डरबाट ग्यासको प्रयोग गर्छौं । सकिएपछि अर्को ग्यास भरिएको सिलिण्डरसँग साटेर प्रयोगमा ल्याउने भएकोले खराब सिलिन्डर पर्ने सम्भावना पनि उत्तिकै रहन्छ ।
तपाईंले पसलबाट सिलिन्डर साट्दा सिलिन्डरको अवस्थाबारे ध्यान दिनु एकदम महत्वपूर्ण रहन्छ ।
मरेका वनस्पतिहरु
तपाईंको घरभित्र रहेको वनस्पति मरेको छ भने पनि घरमा अनौठो गन्ध आउँछ । यसको मतलव तपाईंको हातमा पनि ग्यास चुहावट हुन्छ । प्राकृतिक ग्यासले बढ्न नदिने, बिगार्ने वा मार्ने गर्छ ।
स्वास्थ्यमा पर्ने असरहरु
ग्यास चुहावटले स्वास्थ्यमा धेरै थरीको प्रतिकुल असर पार्छ जसमध्ये केही असर तल दिइएका छन्,
श्वासप्रश्वासमा समस्या , चक्कर लाग्ने , टाउको दुख्ने ,,आँशु आइराख्ने , घाँटी खसखस हुने , वकवाक लाग्ने , भोक नलाग्ने , चिडचिडापन , कान बज्ने , नाकबाट रगत बग्ने
साना बालबालिका र वृद्धवृद्धा जसको रोग प्रतिरोधी क्षमता कमजोर छ उनीहरुलाई बढी मात्रामा समस्यामा देखा पर्छ । त्यस्तै, श्वासप्रश्वास सम्बन्धी रोग भएका व्यक्तिलाई ग्यास चुहावटले निम्त्याउने खतरा ज्यादा हुन्छ । यसरी विषाक्त ग्यासले बेहोस बनाउने र समयमा उपचार नपाउँदा मान्छेको मृत्यू समेत हुन सक्छ ।

ग्यास चुहावटका खतराहरु
समयमै ग्यास चुहावट पत्ता लगाउन सकिएन भने यसले घातक रुप लिन सक्छ । ग्यास चुहावटको समयमै पहिचान गर्न नसकेको खण्डमा निम्न जोखिमहरु निम्त्याउने गर्छ,
स्वास्थ्यमा प्रतिकुल असर
आगोको दुर्घटना , विस्फोट , विषाक्त कार्बोन मोनोअक्साइड
मृत्यू
प्राकृतिक ग्यास वा संकुचित ग्यास धेरै ज्वलनशील रहन्छ । यसको थोरैमात्र चुहावट भएपनि ग्यास तपाईं र तपाईंको वरिपरी फैलिन सक्छ । र, सानो आगोको झिल्कोले पनि असोचनिय, अनियन्त्रित परिणाम दिन सक्छ । प्रत्येक वर्ष ग्यास चुहावटका कारण आगलागी, ग्यास विस्फोटन, सास फेर्न समस्याजस्ता क्षतिपूर्ण प्राणघातक हजारौं घटना घट्ने गर्छन् । तपाईंले आफु र परिवारलाई दुर्घटनाबाट जोगाउन घरमा कसरी ग्यास चुहावट पत्ता लगाउने र त्यसको रोकथाम गर्ने भनेर जान्नु अत्यन्तै आवश्यक छ।
ग्यास चुहावट भएमा के गर्ने ?
ग्यास चुहावट भएको खण्डमा सबैभन्दा पहिलो प्राथमिकताको पक्ष भनेको आफ्नो परिवारको रक्षा गर्नु हो । यदि तपाइँलाई थाहा भएको वा नभएको स्रोतबाट ग्यास चुहावट भएर घरभरी फैलिएको छ भने तल दिइएका उपायहरुको पालना अविलम्ब गर्नुहोस् ।
ग्यास चुहावटको माध्यम वा स्रोत बन्द गर्ने
सलाई, लाइटरहरु नबाल्ने र बिद्युतीय सर्किट पनि सर्ट भई झिल्का निस्कन सक्ने हुनाले बत्तीको स्विचहरु पनि बन्द गर्ने
घरको सबै झ्याल ढोकाहरु खोल्ने
स्वच्छ हावामा सास फेर्नको लागि स–परिवार बाहिर खुल्ला ठाँउमा जाने
ग्यास चुहावटलाई कसरी रोक्ने ?
सम्भावित जोखिमबाट बच्नको लागि ग्यास चुहावटको पहिचान गरी त्यसको रोकथाम गर्न अति नै आवश्यक हुन्छ । ग्यास चुहावटलाई रोक्ने केही मापदण्डहरु यस्ता छन्ः
नियमित रुपमा ग्यासजन्य सम्पूर्ण उपकरणहरुको जाँच गर्नुहोस्
दैनिक रुपमा ग्यास सिलिण्डरमाथि ध्यान दिनुहोस्
चुल्होमा निलो रंगको आगो नबली पहेँलो वा सुन्तला रंगको आगो बलेमा प्राविधिकलाई बोलाएर देखाउनुहोस्
ग्यास प्रवाह हुने ठाँउबाट कुहिएको गन्ध आएमा सावधान रहनुहोस्
ग्यास रहेको ठाँउ नजिक झ्याल खुल्ला राख्नुहोस्
माथि दिइएका स–साना उपायहरुको अवलम्बन गरेमा पक्कै पनि ग्यास चुहावट र यसको जोखिमबाट बच्न सकिन्छ।