पानीमा तैरिरहेको अबस्थामा नवजात शिशुकाे शव फेला


सल्यानमा एक नवजात शिशु मृत अबस्थामा फेला परेको छ । मंगलबार बेलुकी साढे ७ बजेकाे समयमा नदि किनारमा स्थानीयहरुले मृत अवस्थामा नवजात शिशु सालनाल सहित फेला पारेका हुन् ।

जिल्लाकाे कालिमाटी गाउँपालिका वडा नम्बर ४ डोढेरा स्थित शारदा नदिको किनारमा पानीमा तैरिरहेको अबस्थामा नवजात शिशु मृत अवस्थामा फेला परेकाे हाे । प्रहरीले उक्त नवजात शिशुको शव पोस्पमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा पठाएकाे र थप अनुसन्धान कार्य थालनी गरेकाे जनाएकाे छ ।