बागलुङको जैमिनीमा एक बालिकाको विभत्स हत्या भएको छ । जैमिनी नगरपालिका ४ सर्कुवा स्थित मौलाछमा करिव २ बर्षीय बालिकाको विभत्स हत्या भएको हो । ठेउले खोला पुल माथि एकान्तमा रहेको सानो घरमा बस्दै आएका एक पुरुषले वालिकाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने बालिकाको बाबु रहेको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । उनकी आमा माइत गएको र त्यहि मौकामा उनले बालिकालाई हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
उनका बाबुलाई कुश्मिसेरा प्रहरी चौकीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ भने घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यलय बागलुङबाट टोली आउँदै छ । बुधबार साँझ स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।