अश्लिल भिडियो सार्वजनिक भएका पूर्वसांसद खानको राजीनामा माग


जनमत पार्टीका सांसद एवं पूर्वखानेपानीमन्त्री अब्दुल खानको राजीनामा माग गर्दै राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ ।

झन्डै एक साताअघि सांसद खानको भारतीय एक युवतीसँगको अश्लील भिडियो सार्वजनिक भएको थियो । सोही अश्लील भिडियो सार्वजनिक भएको भन्दै अभियानले आज जनमत पार्टीको मुख्यालय बालकुमारीमा ब्यानरसहित प्रदर्शन गरिएको हो ।

अभियानमा संलग्न महिलाहरुले अश्लील हर्कत गर्ने सांसद अब्दुल खानलाई बर्खास्त गर, संसदको गरिमासँग खेलवाड गर्ने सांसद राजीनामा दे, सीके राउत होसमा आउ, अश्लील सांसदलाई कारबाही गरलगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

सांसद खानले भिडियो एडिट गरिएको दाबी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।