म्याग्दीमा मेला हेर्न गएका युवाको भीरबाट लडेर मृत्यु

मेचीकाली खबर
मेचीकाली खबर
३ बैशाख २०८०, आइतबार
शेयर

भीरबाट लडेर म्याग्दीको धवलागिरी गाउँपालिकामा एक युवाको ज्यान गएको छ । प्रहरीका अनुसार धवलागिरी गाउँपालिका–४ खाम्लाको भीरबाट लडेर सोही वडाको नाउराका अन्दाजी २४र२५ वर्षीय महेन्द्र दर्जीको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक किरन लामाका अनुसार शनिबार दिउँसो मृत भेटिएका दर्जीको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ । अनुसन्धानका लागि आइतबार घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

मृतक दर्जी खाम्लामा आयोजित मेला हेर्नका लागि आएका थिए । परिवारका सदस्यले दर्जीको मृत्युलाई शंकास्पद भनेर अनुसन्धानका लागि प्रहरीमा उजुरी गरेका छन् ।

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।