पाल्पाको सामुदायीक जंगलमा एक पुरुष को शव फेला


पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भैरव सामुदायिक वनमा एक व्यक्तिको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिकाको वडा नं।४ ढकाल टोल बस्ने ६३ वर्षका राजकुमार घिमिरे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरिका अनुसार घिमीरे हिजो दिउँसो दुई बजेदेखि घरबाट बाहिर निस्केका घिमिरे आज मृत अवस्थामा भेटियका हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।