आज चितवन २ तनहुँ १, र बारा २ मा उत्साहपुर्वक मतदान भैरहेको छ । अहिलेसम्म त्यस्तो कुनै अपृय घटना घटेको छैन । तर यसबिचमा रास्वपाले चुनाबि तालमेल गर्यो भन्ने जस्ता भ्रामक सचमाचार हरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएक छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कुनैपनि पार्टिसंग चुनावि तालमेल नगरेको भन्दै रास्वपा सभापति रवि लामिछानेले एकाबिहानै सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै त्यस्ता भ्रामक समाचारहरुप्रती ध्यानाकर्षण गराएका छन् । लामिछानेले फेक न्युज लेखेर मतदाताहरुसमक्ष झुटा समाचार सम्प्रेषण गरेको भन्दै आपत्ती जनाएका छन् ।
उक्त भिडियोमा उनल ेकायरहरुले चुनाबबाट प्रतिस्पर्धा गर्न नसकेर नक्कली न्युजका कारखाना चलाएर गलत सुचनाको प्रवाह गरेको भन्दै उक्त झुठा पोष्टको पछि नलाग्न आग्रह समेत गरेका छन् ।
उनले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको भन्दै मा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।
‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपा सभापति लामिछानेले आज पार्टीको फेसबुक पेज र आफ्नो आधिकारिक अकाउन्ट मार्फत भनेको छन, ‘यस्ता खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौं।’
सामाजिक सञ्जाल दुरूपयोग गरी भइरहेका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी र कानूनबमोजिम कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ।
‘स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धामार्फत जनमत हासिल गरी देशको सेवामा समर्पित होऔं। यस्तो गलत अभ्यासले आजका नेपाली भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ,’ लामिछानेले भनेका छन् ।
रास्वपा सांसद सुमना श्रेष्ठले पनि एक भिडिओ सन्देश जारी गर्दै रास्वपा उम्मेदवारहरूका बारेमा भ्रामक समाचारहरू आइरहेको उल्लेख गरेकी छन्।
‘रास्वपाले चुनावअघि कसैसँग गठबन्धन गर्दैगर्दैन। गठबन्धन गर्योजस्ता कुराहरू आइरहेका रहेछन्। यो राजनीतिक भ्रष्टाचार हो भन्ने हामी मान्छौं,’ उनले भनेकी छन्, ‘भ्रामक समाचारमा नपर्नुहोला।’
उनले ति भ्रामक समाचारहरूको पछि नलाग्न आग्रह समेत गरेकी छन् ।