सवारी दुर्घटनामा परेका कीर्तिपुर नगरपालिका– ४ का वडाध्यक्ष अधिकारीको मृत्यु


कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्। शव पोष्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पताल टिचिङ लगिएको छ ।उनले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारबाट चुनाब जितेका थिए ।