दाङमा सर्पले डसेर एक युवकको मृत्यु


दाङमा सर्पले डसेर एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं–१६ का २६ वर्षीय रोसन डाँगीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति सर्पले डसेको थियो ।

सर्पले डसेका डाँगीलाई परिवारले सुरुमा झारफुक गर्न विभिन्न ठाउँमा लगेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । झारफुकमा लगेपछि बिहान ३ बजेतिर बेहोस भएका उहाँलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

उहाँलाई ग्रास प्रजातिको सर्पले दाहिने खुट्टामा डसेको थियो ।