सात लाख बढि नक्कली नोटसहित महिला पक्राउ



जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट सात लाख बढिको नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्

७ लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनु कुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान नक्कली नेपाली नोटसहित बरामद गरेको हो।

साथै उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।