लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीद्धारा सपथ ग्रहण

सत्ता गठबन्धनको लामो छलफलपछि लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ दिलाएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरी सपथ दिलाएका छन् ।

मुख्यमन्त्री चौधरी दाङ ३९१० बाट निर्वाचित भएका हुन । मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र २, पाण्डे रुपेन्देहीको क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र १ र चौधरी बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र २ बाट गत मंसिर ४ मा निर्वाचित भएका थिए ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जना अहिलेको सरकारको विपक्षमा रहने भएका छन् ।