ताप्लेजुङको मेहेलेमा चट्याङ लागेर पूर्व वडाध्यक्षको ज्यान गयो


ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गएराति चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

सिदिङ्वा गाउँपालिका–६ का पूर्व वडाध्यक्ष समेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरियाको ज्यान गएको उहाँका भाइ गोपाल कडरियाले जानकारी दिनुभएको छ ।
गएराति ९ बजे चट्याङ परेको थियो ।तीन दिनअघि ताप्लेजुङको मैवाखोलामा चट्याङ लागेर एक बालकको ज्यान गएको थियो ।